काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्ध बनाउनकै लागि कांग्रेससँग सत्तासहकार्य गरिएको जिकिर गरेका छन् ।
महासचिव पोखरेलले शुक्रबार एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । जनताले झन्डै दुईतिहाइ मत दिएपछि दुई पार्टी मिलेर बलियो सरकार बनेका थिए । त्यसैक्रममा दुई पार्टी एकतासमेत भएको थियो र नेकपा बनेको थियो । तर, त्यस्तो सरकार पनि साढे तीन वर्षभन्दा लामो समय टिक्न सकेन ।
सोही प्रसंग उठाउँदै एमाले महासचिव पोखरेलले कमजोर धरातलमा माओवादीसँग एकता गरिएकाले त्यसबेलाको सरकारले पनि काम गर्न नसकेको उनको भनाइ थियो ।