काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा जबरनस्ती गरेर केबलकार बनाउन नहुने बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो धारणा राखेका हुन् ।
केबलकार निर्माणले स्थानीय मौलिकतामा हानी नगर्ने निश्चित भएपछि मात्रै त्यसलाई अगाडि बढाउनुपर्ने मत लिङ्देनको छ। ‘उनले भने, ‘त्यसले स्थानीय जनतालाई कति फाइदा गर्छ ? त्यसले त्यहाँको मौलिकताको सुरक्षा गर्छ कि गर्दैन ? त्यहाँको सनातन परम्पारमाथि आक्रमण हुन्छ कि हुँदैन ? सनातन परम्पराको सुरक्षा हुन्छ कि हुँदैन ? त्यसको विश्लेषण गरेर मात्रै यस्ता विषयहरू अगाडि बढाउनुपर्छ।’
केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र आतंकको वातावरण निर्माण गर्न लिङ्देनले सरकारसँग आग्रह समेत गरे।


