काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ ।
सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार होटल हिमालय ललितपुरमा अबेरसम्म वार्ता भएको थियो । उक्त भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दुवै पक्षबीच वार्ता हुने भएको हो ।
।
आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिएका थिए ।