काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।
एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।
कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताए । सम्हालिन आग्रह गर्दै ओलीले भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’