काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्की लगाएर शासन गर्ने गलत संस्कार सुरु भएको बताएका छन् ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठूला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका हौं । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ ।’