काठमाडौं । नेकपा माओवादी केन्दले प्रधानमन्त्री ओली संसद् विघटन गर्न अग्रसर रहेको आरोप लगाएको छ । काठमाडौंमा प्रेस सेन्टरको अधिवेशनमा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन् ।
उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद्लाई २३ दिनदेखि सरकारले कामविहीन बनाएको समेत बताए । त्यस्तै उनले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।