काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार नै भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले बनेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री उनले हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियानका क्रममा बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् ।
‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।