काठमाडौं । आज बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।
यो नियमित बैठक हो । आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुने छ ।सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेको छैन ।