काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको भविष्यलाई सुखमय भविष्य, सम्मृद्धिमय, अभावमुक्त र रोग व्याधिबाट भरसक मुक्त समाज बनाउन चाहेको बताएका छन्। उनले मंगलबार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले फागुन ६ गतेसम्म चल्ने यस वर्षको एचपीभी खोप अभियानलाई देशव्यापी रुपमा सञ्चालन हुने बताए । उनले विद्यालयपछि स्वास्थ्य संस्थाबाट यो सेवा प्रदान गर्ने भन्दै प्रधानमन्त्रीले यस अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।
उनले क्यान्सरको रोकथाम नै हुँदैन भन्ने धारणा सत्य नभएको भन्दै क्यान्सरलाई पनि रोकथाम गर्न सकिने बताए ।