काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।
‘०७९ सम्म हाम्रो प्रयास, हाम्रो प्रयत्न, हाम्रो तर्फबाट इमानदारीता रहन्छ । र अहिले भएको समझदारी कायम गर्ने कुरामा रहन्छ । हामी कुनै चकचक गर्दैनौं । हामी कुनै उपद्रो गर्दैनौं,’ महामन्त्री थापाले भने, ‘हामी यताबाट उफ्रेर कतै जाँदैनौं । तर, यो तीन वर्षको सरकार जुन छ, यसको अधिकतम प्रयत्न गर्छौं । नेकपा एमालेसँग मिलेर सरकार चलाइरहँदा केही सर्तहरू छन् । हामी यदी विधिको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं, तर कानुनको शासनमा सम्झौता गर्दैनौं ।’