काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाटै पारित हुने प्रष्ट पारेका छन् ।
उनले सोमबार दाङको घोराहीमा नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन र्गो क्रममा यस्तो बताएका हुन् ।
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिए ।
‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्’, उनले भने, ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’