काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान,राहतलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले आज तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रियामा यस्तो बताएका हुन् ।
भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए।
एमाले( कांग्रेसबीच गठबन्धन सरकार बनेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ दुवै सदनबाट सर्वसम्मतिले पारित भएको हो।