काठमाडौं । प्रमख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारप्रति जनताको आक्रोश बढ्दै गएको टिप्पणी गरेका छन्।
पूर्व प्रधानमन्त्री उनले शनिबार काठमाडौंमा माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटनका क्रममा यस्ता दावी गरेका हुन् । उनले सरकारको काम दिनप्रति दिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको बताए।
सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आ(आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेको उनले बताए। प्रचण्डले सरकारकै गलत कामकारबाहीका कारण इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा रहेको जिकिर गरे।