काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले खासै उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले पोखरामा भइरहेको १२औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा अन्तरसंवादका क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
फेस्टिभलमा ‘निराशा स् व्याख्या र वास्तविकता’ सत्रमा वक्ता रूपमा बोल्दै थापाले सरकारमा सेन्स अफ अर्जेन्सी नभएको विचार राखे । ‘‘निराशालाई चिर्नका लागि एक्सन र रिजल्टबाट हुनुपर्ने कुरामा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेको जस्तो देखिन्छ । सेन्स अफ अर्जेन्सी देखिँदैन,’’ गगनले भने ।
सहजकर्ता तथा पत्रकार उमेश चौहानको प्रश्नको जवाफ दिँदै सत्रमा आएर आफूले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफू पनि भाग्न नमिल्ने गगनको भनाइ थियो ।
‘


