काठमाडौं । सरकारले पाथीभरामा नो केबलकार समूहलाइ वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको हो । बिहीबार पाथीभरा केबलकारको बेस स्टेसन काफ्ले पाटीमा सुरक्षाकर्मी र आन्दोलितबिच हिंसात्मक झडप भएको थियो । त्यसपछि त्यहाँको स्थिति सामान्य हुन सकेको छैन ।
यसअघि गत माघ २० गते गठित वार्ता टोलीका संयोजक एवम् गृह मन्त्रालयका सह सचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलित पक्षलाई वार्तामा आउन अपिल गरिएको छ ।