काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकार दमनकारी बन्दै गएको निष्कर्ष निकालेको छ । नेकपा एसले दुई दिन बसेको केन्द्रीय कमिटी बैठकको निर्णय आज सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको महासचिव घनश्याम भुसालले बताए।