काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियाको साँठगाँठ गरेरे मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज बिहान जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका(८ को तोप भन्ने ठाउँमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’
उनले अगाडि भने, ‘यो किन त्यस्तो भाछ भन्दा सरकार र बिचौलियाहरुले सेटिङ गरेर किसानहरुलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भाहो ।’