काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ । आज सेयर मापक परिसूचक ( नेप्से) ११.६६ अंकले बढेको हो ।
आज २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेचबाट ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ८ हजार ९१३ पटक शेयर कारोबार भएको छ । आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ ।