काठमाडौं । नेपाली बजारमा आज सुन अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो। हिजोको मूल्यमा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएपछि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ।