काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् ।
रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए ।
यसअघि पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा रिहा भएका लामिछानेलाई चितवनमा साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ ।


