काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा माओवादीप्रतिको विश्वास ह्वात्तै बढेको दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो दावी गरेका हुन् ।
सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । नागरिकहरूले देश भर नै एक पटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको उनले बताए ।


