काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका हुन् । ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उनले भने, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’


