काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज जम्मा १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर किनबेचबाट ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३०५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार २८० पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ ।
आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३९ प्रतिशत बढेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ ।


