काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि घेराबन्दी भइरहेको बताएका छन् । उनले बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले सेवाग्राही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न आग्रह गरे।


