काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।
उनले आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सांसद महतले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।


