काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस(एमाल अधिनायकवादले देश अधोगतितर्फ लागेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले सोमबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उनले भने, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’


