काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकलाई छिटो सेवा दिन अध्यादेश ल्याएको प्रष्टीकरण दिएका छन् ।
उनले आइतबार चितवनमा नेकपा एमाले रत्ननगर नगर कमिटीको भएको १०औं नगर अधिवेशनमा बोल्दै सुकुमबासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रण गर्नकै लागि अध्यादेश ल्याउनु परेको बताए ।
उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएकोसमेत बताए । मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दलबीचमा प्रतिस्पर्धा हुने बताए ।


