काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिमा जितहारलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । उनले आइतबार कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘राजनीतिमा जित हार हुन्छ । हार्दैमा सबै सकिँदैन, जित्दैमा उत्ताउलो हुन पर्दैन,’ उनले भने ।
सभापति देउवाले माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता व्यक्त गरे । ‘म विद्यार्थी राजनीति गर्दा यहाँ जेलमा परेको थिएँ । निस्केर बाहिर हेर्दा माछापुच्छ्रे हिमाल निकै सुन्दर थियो,’उनी भन्छन्,‘अहिले हिमाल कालै भएछ । हिउँ पग्लिएर सकिएछ । पर्यावरण जोगाउन कांग्रेसले तल्लो तहबाट पहल गरोस् ।’


