काठमाडौं । वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बसन्तपुर हनुमानढोका पुगेर वसन्त श्रवण गरेका छन्।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री लगायतको उपस्थिति रहेको थियो।


