काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध प्रयास भएमा आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने ठोकुवा गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले सोमबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।
गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भएको बताए ।
पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने बताए । ‘काठमाडौंले मात्रै देशको विकास हुन सक्दैन,’ उनले भने, ‘देशको विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्छ भन्ने हाम्रो मान्यताअनुसार संघीय राजनीतिमा हामी अघि बढेका छौं । संघीय लोकतन्त्रको बाटोमा अघि बढेका छौं ।’


