काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनतालाई झुक्याउने प्रयास गरेको आरोप लगाएका छन् ।
उनले बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै विधायनसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् ।
कानुन निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर गरे । उनले सरकारले कानुन मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।


