काठमाडौं । सोमबार बढेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक (नेप्से) १२.६८ अंकले बढेको हो ।
नेप्सेका अनुसार आज ३१४ कम्पनीका एक करोड ८२ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्रीबाट १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका १३ समूहमध्ये अन्य समूहको सूचक ३.६८ प्रतिशतले वृद्धि हुँदा लगानी र जीवन बिमा एक प्रतिशतभन्दा धेरैले बढेका छन्। बैंक, जलविद्युत, निर्जीवन बिमा र व्यापार एक प्रतिशतभन्दा थोरैले बढ्दा बाँकी समूहको सूचकमा गिरावट आएको छ। विकास बैंक, वित्त र होटेल तथा पर्यटन एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका हुन्।


