काठमाडौं । आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को बिन्दुमा उक्लिएको छ ।
आइतबार ३३० कम्पनीका १ लाख ३० हजार ९१३ पटकको कारोबारमा २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर खरिद बिक्रीबाट १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन पाँच महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो । आज २०२ कम्पनीको सेयरमूल्य बढेको छ ।


