काठमाडौं । आज एकैदिन संघीय संसदका आठवटा संसदीय समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । उक्त बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी आज बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । यही समयमा नै महिला तथा सामाजिक मामिला समितिमा समितिको पनि बैठक बस्दैछ । आजै दिउँसो सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । उक्त बैठकमा
बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।


