काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।आज सुनको मूल्य तोलामा १ हजारले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भइरहेको छ।


