काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हालै ल्याएको सहकारी सम्बन्धी अध्यादेशबाट यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार कांग्रेस सहकारी विभागले . पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
देउवाले अध्यादेशले समग्र सहकारी क्षेत्रको समस्या समाधान हुने विश्वास व्यक्त गरे। सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने बताए।


