काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य देशमा भन्दा नेपालमा महिलालाई धेरै अधिकार रहेको दावी गरेका छन् । सभापति देउवाले शनिबार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरुलाई अधिकारसहित स्थान दिएको धारणा राखे। सभापति देउवाले आगामी दिनमा महिलाहरु राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा कांग्रेस नेताहरुले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।