काठमाडौं । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेका हुन्।
ती नेताका अनुसार समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुनेछ।