काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेससँगको सहकार्य कुनै हालतमा नटुट्ने दावी गरेका छन् ।
महासचिव पोखरेलले शनिबार नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनलाई काठमाडौंमा उद्घाटन गर्दै यस्तो जिकिर गरेका हुन् ।
महासचिव पोखरेलले साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको बताए । अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।