काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम नगरैकै कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए। गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।