काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई उच्च प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
उनले शुक्रबार आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।