काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीप्रति लक्षित गर्दै चुनावमा प्रतिष्पर्धा गरेर आउने सुझाव दिएका छन् । उनले आज कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधनका क्रममा यस्तो धारणा राखेका हुन् ।
यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले र मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् ।
‘