काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत आज महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभामा यस्तो बताएका हुन् ।
नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।