काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन् । पूर्व प्रधानमन्त्री उनले शुक्रवार तराई–मधेस जागरण अभियान कार्यक्रम अन्तर्गत सर्लाहीको मलंगवामा यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको बैठकको हामीले आत्मसमीक्षा गरेर केही निष्कर्ष निकालेको स्मरण गरे । त्यही समीक्षाको बैठकको निर्णयअनुसार हामीले हुलाकी राजमार्गका जनताको समस्या बुझ्न अभियानको थालनी गरेको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठुलो उत्साह देखिएको उल्लेख गर्दै यो अभियान कञ्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।