काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला काण्ड छानबिन गर्न समिति बनाउनपर्ने बताउका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को बुधबार भएको क्षेत्रीय सम्मेलनमा अहिलेसम्म चर्चामा रहेका काण्डहरुको र नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्न तयार हुनुपर्ने बताए ।
सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्नेमा महामन्त्री थापाले जोड दिए ।