काठमाडौं । आइतबार उच्च अंकले घटेको नेप्से बजार सोमबार पनि २० अंकले घटेको छ ।
आज जम्मा ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर खरिद बिक्रिबाट ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाका कारोबार भएको छ ।
आज अन्य समूहका सूचकबाहेक सबैको घटेको छ। कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७३ करोड ५० लाख बढीको सेयर कारोबार भयो।