काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदलाई भोलिको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ ।
आज मुख्य सचेतक महेश बर्तौलाले मंगलबार पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएका हुन् ।
एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गर्न थालिएको अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो ।


