काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन् ।
उनले शुक्रबार नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तर्क्रियाका क्रममा यस्तो बताएका हुन् ।
०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए ।