काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा राप्रपा युवा संघका महासचिव नीराजन बमले प्रचण्डको तस्बिर जलाएका थिए। यही आरोपमा प्रहरीले बमलाई पक्राउ गरेको थियो ।
अध्यक्ष प्रचण्डले भनेका छन् ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन । ’


