काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले मात्रै मधेसको समाधान गर्नसक्ने दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा शनिबार सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधनका क्रममा यस्तो धारणा राखेका हुन् ।
प्रचण्डले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको जिकिर गर्दै उनले अब मधेशले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।
मधेशी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएका बताए ।